देउती बज्यै मन्दिरका पुजारी मृत फेला

सुर्खेत | कात्तिक २८, २०८१

देउती बज्यै मन्दिरका पुजारी मृत फेला फाइल तस्बिर

कर्णाली:   सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन् । 

मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।


मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएकामा अवस्थामा आज बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।


उहाँले भन्नुभयो, “स्थानीयले सूचना दिएपछि आफैँ बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षणपछि केही खुल्छ ।”


पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्